Rule 3
विवरण दाखिल गर्ने
ऐनको दफा ४ को उपदफा (१) र (३) बमोजिम विदेशी लगानी विवरण दाखिल गर्दा करदाताले अनुसूची १ मा तोकिएको ढाँचामा दााखिल गर्नु गराउनु पर्छ । कुनै सालको अनुसूची १ बमोजिमको ढाँचामा कुनै विदेशी लगानी विवरण कर अड्डामा दाखिल गरी वा गराई सकेको करदाताले सो विवरण बमोजिमको विदेशी लगानीमा कुनै थपघट भएमा बाहेक हरेक साल विवरण दाखिल गर्दा अनुसूची १ बमोजिम कै विवरण दाखिल नगरी साविकमा दिइएको विवरण कायम गरी रीतपूर्वकको लिखित सूचनासम्म दिनु पर्याप्त हुनेछ ।